प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना अत्यन्तै दु:खद घटना भएको भन्दै सम्सदहरुले ध्यानाकर्षण गराएका छन। रास्ट्रीय सभा र बिघटित प्रतिनिधि सभाका केही सदस्यहरुले गृह मन्त्रिको ध्यानाकर्षण गराएका हुन।
आज बिहान गृहमन्त्री राम बहदुर थापा बादललाई भेटी हत्यारालाई पत्ता लगाइ कडा सजाय दिन माग गर्दै केही महिला सम्सदहरुले मिलेर गृहमन्त्रिको ध्यानाकर्षण गराएको राष्ट्रिय सरोकार तथा समन्वय समितिका अध्यक्ष दिल कुमारी रावल थापा पार्वतीले बताउनुभयो। उनले परिवारलाई राहत र क्षतिपूर्तिको ब्यवस्था गर्न र यस्ता घटना पुन नदोहोरियोस भनी सुरक्षालाई अझ चुस्त बनाउन गम्भीर ध्यानाकर्षण गराएको बताउनुभएको छ।
गृहमन्त्रीले अनुसन्धानमा कुनै पनि कमि नरहने र दोषी छिट्टै पत्ता लगाइ कडा कारबाही गरिने प्रतिबद्दता जनाउनु भएको उनको भनाइ छ। पिडित परिवारलाई राह्तको तत्काल व्यवस्था पनि गरिने उनले जनाउनु भएको छ। भने आगामी दिनमा यस्तो घटना नदोरियोस भनी महिला सम्सदहरुले सरकारको ध्यानाकर्षण गराएको छ।