भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनको पर्यटकीय विकासका लागि भन्दै कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र निर्माण हुदै गरेको लजसहितको भ्यु टावर निर्माणको काम अन्तिम चरणमा रोकिएको छ । वन क्षेत्रभित्र अप्राकृतिक रूपमा टावर निर्माण गरेकाे र टावर निर्माण गरेकाे क्षेत्र वनकाे नभइ निकुञ्जकाे रहेकाे भन्दै चितवन राष्ट्रिय निकुञ्जले र निर्माणमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कार्य राेकेकाे हाे।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निर्माणाधीन टावर वन क्षेत्रभित्र नभइ निकुञ्ज भित्र पर्ने र निकुञ्ज भित्र यस्तो टावर बनाउन नपाइने भन्दै निर्माण कार्य राेकिएकाे बताए । उनले ‘वन क्षेत्रमा अप्राकृतिक खालको टावर बनाइएकाले निर्माण प्रक्रिया रोकिएको हो,’ तर करोडौं रुपैयाँ खर्च भइसकेकोले अब कसरी सञ्चालनमा ल्याउने छलफल भइरहेको बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्ज अख्तियारमा उजुरी परेपछि सामुदायिक वनको नयाँ कार्यसमिति चयन भएको छ। निकुञ्जकाे अनुमति नलिदा र अख्तियारमा उजुरी परेर काम राेकिएपनि नयाँ कार्य समितिले भने यसलाई सञ्चालनमा ल्याउन पाउनुपर्ने माग गरिरहेका छन्। हालसम्म भ्यु टावर निर्माणमा मध्यवर्तीकाे सवा कराेड खर्च भइसकेकाेले मध्यवर्तीले नै भ्युटावर सञ्चालन गर्न पाउनुपर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश कुमार श्रेष्ठले बताए। यदि मध्यवर्तीले त्याे भ्युटावर सञ्चालन गर्न नपाए भ्यु टावर निर्माणमा मध्यवर्तीले खर्च गरेकाे रकम चितवन राष्ट्रिय निकुञ्जले भरपाइ गर्नुपर्ने उनको माग रहेको छ।
यस भ्युटावरकाे ०७५ को सुरुवातमा शिलान्यास गरिएको थियो । समितिले टावरलाई ‘इचार्नी टाप्पु कंक्रिट टावर’ नाम दिएको छ । डबल बेडसहितका १६ कोठा हुने टावरमा ३२ जना एकैपटक बस्न सक्ने क्षमता छ । टावरमा झ्याल–ढोका राख्न र रंगरोगनको काम मात्र बाँकी छ । स्थानीयकाे आयआर्जनसगं जाेडिएकाे यस भ्यु टावर संचालनमा ल्याउन सके वार्षिक २०–२५ लाख कारोबार गर्न सकिनेछ। त्यसैले तत्काल टावर सचांलनमा ल्याउन सके देशको अर्थतन्त्रमा नि टेवा पुग्ने देखिन्छ।