Breaking News :

न्यु इकोच रेस्टुरेन्ट एण्ड हुक्का बारको आयोजनामा सांगीतिक साँझ हुने

न्यु इकोच रेस्टुरेन्ट एण्ड हुक्का बारको आयोजनामा सांगीतिक साँझ हुने भएको छ । नारायणगढमा रहेको सो रेस्ट्रुरेन्टमा मिलन आमत्य नेवारनी र विन्दु परीयारको उपस्थितीमा सांगीतिक साँझ हुने भएको हो।

कोरोनाको त्रासले आक्रान्त भएको नेपाली संगीत पारखीलाई मनोरञ्जन दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक सुरेश जोशीले बताए । उनका अनुसार साझ ६ बजे देखि कार्यक्रम सुरु हुने छ भने कार्यक्रममा १ सय २० देखी २ सय जना दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रम बाट हुने आम्दानी रेविका बाल प्रतिष्ठानलाई सहयोग गरिने न्यु इकोच रेस्टुरेन्ट एण्ड हुक्का बारका संचालक दिपक बस्नेतले बताए । गायिका मिलन नेवारको फुल बुट्टे सारिमा लगाएत गित चर्चित छन भने विन्दु परियारको पर्ख पर्ख मायालु बोलको गित चर्चित छ। सांगीतिक साँझ सहभागी हुन रु १ हजारका टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा ३ वटा नृत्य प्रस्तुति समेत गरिनेछ।+

merokhabarsathi

Read Previous

होली भिजनको ३०औ वार्षिकोत्सवको अवसरमा ३५ जनाले गरे रक्तदान

Read Next

चितवन राष्ट्रिय निकुञ्ज भित्र निर्माणाधिन भ्यु टावरको काम अन्तिम चरणमा रोकियो, आर्थिक अनियमितता भएको आशंका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram