एकै कार्यक्रममा पुगेका काँग्रेस नेता देउवा र पौडेल विच भनाभन
होली भिजन पब्लिक स्कुल भरतपुर-४ लङ्कुको ३०औ वार्षिकोत्सवको अवसरमा शनिबार खुल्ला रक्तदान कार्यक्रम विद्यालयमा सम्पन्न भएको छ ।नेपाल युवा रेडक्रस सर्कल होली भिजन पब्लिक स्कुलको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ४का वडाध्यक्ष हरिप्रसाद आचार्यले रक्तदान कार्यक्रमको महत्व दर्शाउँदै होली भिजन पब्लिक स्कुलले नियमित रूपमा रक्तदान कार्यक्रम गरेर मानवीय सेवामा उल्लेख काम गरिरहेको बताउनुभयो ।
युवा रेडक्रस सर्कल होली भिजन पब्लिक स्कुलका अध्यक्ष आकृति गैरेको अध्यक्षतामा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार सोम सापकोटा, समाजसेवी भूपतिदास सापकोटा, नेपाल रेडक्रस सोसाइटी उप शाखा लङ्कुका सह सचिव सोमनाथ खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेगनाथ गैरे, विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।रक्तदान कार्यक्रममा ३ महिलासहित ३५ जनाले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल युवा रेडक्रस सर्कल होली भिजन पब्लिक स्कुलकी सदस्य आकृति भण्डारीले सात सिद्धान्त पाठ गर्नुभएको थियो। भने कार्यक्रमको सञ्चालन शिक्षक नायक उदय पौडेलले गर्नुभएको थियो ।होली भिजन पब्लिक स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा नियमित रूपमा हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।