एकै कार्यक्रममा पुगेका काँग्रेस नेता देउवा र पौडेल विच भनाभन
चितवन। माडीमा गएराती जंगली हात्तीले स्थानीयको घर भत्काएको छ । हात्तीको आक्रमणबाट माडीको पाण्डवनगरका भुवन बि.क.को घर भत्काएको हो ।
बिहान करीब ३ बजे बस्तीमा हात्ती प्रवेश गरेको थियो। माडी नगरपालिका-१ पाण्डवनगरमा हात्ती प्रबेश गरेको र घरमा आक्रमण गरि घर भत्काएको स्थानीयबासीले बताएका छ्न । हात्तीको आक्रमण बाट घरको एकपट्टीको भित्ता र छानो भत्किएपनि मानवीय क्षति भने भएको छैन ।
यसअघि पनि माडीको सोही क्षेत्रमा करीब २ महिना अघि जंगली हात्तीको आक्रमणबाटै टंकबहादुर नेपालीको भान्साघर भत्किएको थियो । माडीका विभिन्न स्थानमा विगत देखि नै जंगली जनावर हात्ती,गैडाहरुले स्थानियहरु लाई आक्रमण गर्ने र जनधनको क्षती गर्दै आएको छ ।