प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका दिनमा यातायात सञ्चालन गरेको भन्दै किरिया पुत्री बोकेको बस तोडफोड गरेको छ । देवघाटबाट आज बिहीबार भरतपुर तर्फ आउँदै गरेको बसमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीले देवघाटमा अन्त्येष्टि कर्म सकेर जगतपुर जान आउँदै गरेको ना ४ ख ३७३१ नम्बरको बसमाथि आँपटारीमा तोडफोड गरेका हुन । किरीया पुत्री लिएर फर्किदै गरेको बसमा तोडफोड गर्दा किरियापुत्री सन्तबहादुर विक घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाईते विकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।