प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकले दु:ख गरेर फलाएको तरकारी सडकमा फ्याकेको भन्दै प्रचण्ड-माधव समूहको आलोचना गरेका छन् । उनले जनतालाई दुख दिएर प्रचण्ड र माधव नेपाल गाडीमा सयर गर्दै तमासा हेरेको आरोपसमेत लगाएका हुन।
किसान महासंघको कार्यक्रममा सम्वोधन गर्दै ओलीले भने, ‘बुढी आमाले डोकामा बोकेको टमाटर सडकभरि फ्याकेर उहाँहरुले क्रान्तिकारिता देखाउनुभो, आफु गाडीमा चढनु भयो र अरुका गाडी जलाउनुभो । अनि जनताले कति दु:ख पाए हँ भनेर गाडीबाट तमासा हेर्नु भो ।’
उनले अगाडि थपे, ‘एकजना गाडीमा हिँड्नुभा, अर्को चाहिँ गाडी नै त नचढौं, बाइकसम्म ठीक हुन्छ भनेर पछाडि बस्नुभयो ।’ ओलीले प्रचण्ड-माधव समूहसँग कार्यकर्ता सिद्धिएको टिप्पणी गर्दै आज किसान र जनतालाई दु:ख दिएको भन्दै विरोध गरेका छन।