भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
माघ २२ । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहले आह्वान गरेको आमहड्तालको असर चितवनमा पनि परेको छ । चितवनको पुल्चोकमा जम्मा भएको नेता कार्यकर्ताले अत्यावश्यक सवारी साधन वाहेक अन्य सवै ठप्प पारेका छन् । कडा रुपमा सुरक्षा व्यवस्था रहेको पुल्चोकमा वन्दकर्ताहरुले असवैधानिक कदम खारेज गर्न र संविधानलाई सहि मार्गमा ल्याउन वन्द गर्नुपरेको बताएका छन् । नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले संविधान विपरीत सवैधानिक परिषदका आयोगहरुमा गरिएको नियुक्ति र संसद विघटन फिर्ता हुनुपर्ने मुख्य माग सहित सडकमा आएको बताउँदै बन्दबाट पर्न गएको समस्याप्रति क्षमा माग्दै आज एक दिन सहेरै भएपनि संविधानलाई बचाउने आन्दोलनमा सहयोग गर्न आह्वान गरेका छन्।
पुल्चोकमा नेकपाकी केन्द्रीय सदस्य एवम भरतपुर महानगरप्रमुख रेनु दाहाल, प्रदेश सभा सदस्य घनश्याम दाहाल लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको छ ।
यसै विच चितवनमा प्रचण्ड-माधब समुहले ५ वटा गाडी पनि तोडफोड गरेको छ। नेपाल बन्दकाे दिनमा सवारी साधन सञ्चालन गरेकाे भन्दै उक्त समुहले गाडी तोडफोड गरेको हो। रामनगरको भतेरी जङल आपटारी मिलन चोक र आश्था चोकमा गरि ५ वटा गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए। उनकानुसार माेटरसाइकलमा अाएका केही व्यक्तिहरुले गाडीमा ढुङ्गा हानेर भागेका थिए भने गाडीमा सामान्य क्षति भएकाे छ ।