Breaking News :

रामको जन्मभूमि माडीको अयोध्यापुरीमा रामधाम बनाउने गुरु योजना तयार भइसकेको छ: प्रधानमन्त्री ओलि

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरीमा रामधाम बनाउने गुरु योजना तयार भइसकेको बताउनुभएको छ। चितवनको भरतपुरमा नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामधामका लागि राम सीताको मुर्ति निर्माण भइसकेको र अब लक्ष्मण र हनुमानको मुर्ति निर्माणको काम भइरहेको बताउनुभयो ।

उहाँले अर्कोे साल रामनवमीका दिन सोही स्थानमा प्राण प्रतिष्ठा गरिने बताउदै अयोध्यापुरी अब विश्वका हिन्दुहरुको गन्तव्य स्थान हुने बताउनुभएको छ। माडी कै प्रसङ्गमा प्रधानमन्त्री ओलीले ‘भगवान राम माडीको अयोध्यापुरीमा जन्मेको हो भनी चितवन माडीबाटै चुनाव जितेका पुष्पकमल दाहाल प्रचण्डले किन बोल्दैनन्’ भनी प्रश्न समेत गर्नुभएको छ । उहाँ लाई केले रोकेको छ! भन्दै प्रधानमन्त्रीले आश्चर्य व्यक्त गर्नुभयो ।

उहाँले चितवनको माडी लाई मणि बनाउन आफैले उद्घोस गरेको र प्रचण्ड लाई आफुले अगुवा बनाएर माडीलाई मणि बनाउन अघि सारेको भए पनि अगुवाई गर्नुको साटो प्रचण्डलाइ विरोध गर्दै ठिक्क भएको उहाँले बताउनुभयो। उहाँले खुट्टा तान्दैमा ठिक्क भो कसरी मणि बन्नु भन्दै प्रचण्डले साथ छाडेपनी मणिबनाउने संकल्प अघि बढेको बताउनुभएको छ।

merokhabarsathi

Read Previous

तीन जना पुर्वप्रधानमन्त्रीहरु लौरो टेकेर लुखुरलुखुर देशदाैडाहामा हिँड्नु भएको छ:प्रधानमन्त्री ओलि

Read Next

चितवनमा पनि बन्दकाेे प्रभाव, ५ वटा गाडी तोडफोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram