Breaking News :

तीन जना पुर्वप्रधानमन्त्रीहरु लौरो टेकेर लुखुरलुखुर देशदाैडाहामा हिँड्नु भएको छ:प्रधानमन्त्री ओलि

माघ १७ चितवन

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर हिडेको बताएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनलमा नेकपा चितवनले गरेको आमसभालाई आज सम्बोधन गर्दै ओलीले ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् ।

नामै नलिइकन उनले भने, ‘तीन वटा प्रधानमन्त्रीहरु लौरो टेकेर लुखुरलुखुर हिँड्नु भएको छ, देशभरी लाइन लागेर हिँडुनु भएको छ बुढेशकालमा ।’ ‘उहाँहरुको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो । तर पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय उहाँहरुमा छ’,

उनले आफूहरु देश बनाउने अभियानमा जुटेको भन्दै चितवन जिल्लाका लागि २ हजार क्षमताको सभाहल सिलान्यास आजै गरेको र त्यो छिट्टै उद्घाटन गर्ने तयारीमा जुटेको बताए । यस्तै राजमार्ग चौडा बनाउने कामको शिलान्यास पनि गरिएको भन्दै आफूहरुले राम्रो काम गर्दा प्रचण्ड–नेपाल समूहमा छटपटी देखिएको टिप्पणी गरे ।

भरतपुरमा निर्माण गरिने सिटी हलको शिलान्यास र पुल्चोक-गाेन्द्राङ सडक शिलान्यास का लागि प्रधानमन्त्री चितवन आएका हुन्।

merokhabarsathi

Read Previous

प्रचण्डको गृहजिल्लामा प्रधानमन्त्रीको कार्यक्रम हेर्नेको जनलहर

Read Next

रामको जन्मभूमि माडीको अयोध्यापुरीमा रामधाम बनाउने गुरु योजना तयार भइसकेको छ: प्रधानमन्त्री ओलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram