Breaking News :

चितवनमा टाएर जलाएर प्रधानमन्त्रीको विरोध

शनिबार (अाज) बिहान चितवनमा नेकपाको प्रचण्ड-माधव पक्ष अनेरास्वबियूले ठाउठाउमा टाएर जलाएको छ । प्रधानमन्त्री केपी शर्मा अोली गृहमन्त्री रामबहादुर थापा `बादल´ लगाएतका मन्त्रीहरु आज नेकपा अोलि पक्षले आयोजना गरेको आमसभामा सम्बोधन गर्न चितवन आउने भएपछि प्रतिगमनकारीहरुलाई चेतावनी स्वरुप ठाउठाउमा टायर बाली कालो ब्यानर समेत राखिएको अनेरास्वबियूले जनाएको छ । जिल्लाको आपटारी ,गोन्द्रयाङ लगाएतका स्थानमा टाएर बालीएको हो । कालो ब्यानरमा प्रतिगमनकारी होसियार,असबैधानीक कदम खारेज गर,जनमतको कदर गर लगाएतको नारा लेखिएको छ । प्रधानमन्त्री अोली आज चितवनमा नवनिर्मित सिटी हलको शिलन्यास, पुल्चोक-गोन्द्रयाङ ६ लेनको बाटोको उद्घाटन र जनसभालाई सम्बोधन गर्न चितवन आउदै छन ।

merokhabarsathi

Read Previous

चितवनमा भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रमको महानगरद्धारा विरोध

Read Next

चितवन स्वरोजगार निर्माण संघको नेतृत्वमा कृष्णबहादुर पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram