Breaking News :

चितवनमा भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रमको महानगरद्धारा विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि चितवनमा उद्घाटन गर्न लागेको कार्यक्रमको भरतपुर महानगरपालिकाले विरोध जनाएको छ ।

आज प्रत्रकार सम्मेलन गरेर भरतपुर महानगरपालिकाले महानगर सगं कुनै समन्वंय र जानकारी नगराइ निर्माणाधिन सिटिहल र गोन्द्राङ्ग – नारायणगढ छ लेन सडकको प्रधानमन्त्री केपी शर्मा ओलिले शिलान्यास गर्ने भएपछि विरोध जनाएको हो । भोलि शिलान्यास गर्ने कार्यक्रमको अभिभावक भरतपुर महानगर भएकाले राज्य शक्तिको दुरुपयोग गरेर गरिने शिलान्यासको महानगरले बिरोध गरेको पत्रकार सम्मेलनमा जनाईएको छ ।

भरतपुर महानगरलाई निषेध गरेर संघीताको मुलमर्म विपरित केन्द्रिकृत शासनको झल्को दिने गरि शिलान्यास गरिने भएकाले महानगरले विरोध जनाएको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो । उहाँका अनुसार यो कार्यले स्थानिय सरकारको अधिकार माथि ठाडो हस्तक्षेप भएको छ । सो पत्रकार सम्मेलनमा बोल्दै दाहालले भन्ननुभयो, ’भरतपुर महानगरले परिकल्पना गरेको सिटिहल र गोन्द्राङ्ग – नारायणगढ छ लेन सडकको निर्माण कार्य तिब्र भइरहेको छ । पटक पटक शिलान्यास गर्ने अनुरोधलाई केन्द्रले अस्विकार गर्यो । अहिले चुनाव घोषणा गरेर गौरवका आयोजना शिलान्यास गर्ने काम पुर्ण रुपमा नियम विपरित छ ।,

महानगर प्रमुख दाहालले भन्नुभयो, सिटिहल मङ्सिर १४ गते शिलान्यास गर्ने गरि तयारी तिब्र पारिएको थियो । मङ्सिर १४ गते असफल भएपछि पुनः मंसीर २७ गर्ने महानगरले छलफल गरेको थियो । यस पटक पनि केन्द्रले अस्विकार गरेपछि पुष १० गते महानगरले आन्तरिक तयारीलाई तिब्र पारेको थियो । (((((

यो संगै निर्माणाधिन सिटिहल र गोन्द्राङ नारायणगढ छ लेन सडक केन्द्र सरकार र भरतपुर महानगरको बिचको प्रतिष्ठाको लडाँइका रुपमा परिणत भएको हो । केन्द्रले सिटिहल र गोन्द्राङ नारायणगढ छ लेन सडकको शिलान्यास गरेर प्रतिष्ठाको बिषय बनाएपनि यि परियोजनामा महानगरको सक्रियता कम नहुने दाहाले प्रष्ट पार्नुभयो । भरतपुर महानगरपालिकाको गौरवको आयोजना सिटि हल निर्माणले तिब्रता लिएको छ ।

दुइ हजार सिट क्षमताको सिटिहलको लागी ठेक्का सम्झौता भएसंगै कामले गति लिएको छ । भरतपुर महानगरपालिका १० मा निर्माण भैरहेको सिटिहल मङ्सिर १८ गतेबाट निर्माण सुरु भएको थियो । संघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण भैरहेको हलको इण्डो सगुन रौताहा जेभीले निर्माण ठेक्का पाएको छ । ८७ करोड ८८ लाख निर्माण ठेक्का सम्झौतामा काम अघि बढाएको हो । भरतपुर महानगरको गौरवको आयोजना सिटीहल सम्झौता भएको २७ महिना भित्र निर्माण सम्पन्न हुने गरि कामले तिब्रता पाइरहेको छ । सिटिहलको अहिले सोलिंग गरेर पिपिसी भइरहेको छ ।

merokhabarsathi

Read Previous

स्वविवेक आधारभूत विद्यालयलाई नारायणगढ लेडिज जेसीजको सहयोग

Read Next

चितवनमा टाएर जलाएर प्रधानमन्त्रीको विरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram