Breaking News :

माडी दिवानगर विद्यालयका ७५ जना विद्यार्थीहरुलाई झोला वितरण

माडी १५ माघ । माडी नगरपालिका वडा नं ७ दिवानगरमा अवस्थित आधारभूत विद्यालय दिवानगरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आज बिहीबार स्कुल झोला वितरण गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानको फुपुहोकामा रहनुभएका समाजसेवी नारायण खरेल, सुनिता खरेलको डाक्टर विशाल सापकोटामार्फत आएको सहयोगमा ७५ जना विद्यार्थीलाई स्कुल झोला वितरण गरिएको हो ।

स्कुल झोला वितरण गर्दै माडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले सहयोगी नारायण खरेल र सुनिता खरेलको सहयोगले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामकुमार काफ्लेले सहयोगीहरुको सहयोगले विपन्न बालबालिकाहरुलाई प्रोत्साहन गरेको बताउँदै सहयोगीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

स्कुल झोला वितरण कार्यक्रममा दिवाकर स्मृति विद्यालय रमाईलोडाँडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अोमनाथ पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष कुलप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

वितरणको संयोजन सञ्चारकर्मी नारायण सापकोटा गर्नुभएको थियो ।

merokhabarsathi

Read Previous

ऐलानी जग्गामा मार्केट, स्थानियद्वारा मुदा दायर

Read Next

स्वविवेक आधारभूत विद्यालयलाई नारायणगढ लेडिज जेसीजको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram