एकै कार्यक्रममा पुगेका काँग्रेस नेता देउवा र पौडेल विच भनाभन
एस.एस.पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–७, जीतपुरको मेन बजारमा वर्षाै पुरानो पैनी (कुलो) को ऐलानी जग्गालाई कब्जा गरि मार्केट बनाएको भन्दै स्थानीयहरुले पर्साको विरगञ्ज घर भइकी सरोज देवी क्याल माथी मुद्दा दायर गरेका छन्।
करिब एक वर्ष पहिले सरोज देवी क्यालले विवादित जग्गामा मार्के बनाउने क्रममा स्थानीयहरुले विरोध गरेका थिए तर क्यालले पैनिको ऐलानि जग्गा छोड्न नमाने पछि स्थानीयहरुले स्थानीय निकायमा उजुरी समेत हालेका थिए । स्थानीय निकायमा उजुरी हाले पनि स्थानिय निकायले उक्त विवाविद जग्गा माथी चासो नदेखाए पछि स्थानियहरुले जिल्ला अदालत बारामा सार्वजनिक जग्गा कब्जा गरेको भन्दै मुद्दा दायर गराएका थिए । मुद्दा दायर भए पछि अदालतले विवादित जग्गामा भवन नबनाउन आदेश दिए पनि क्यालले अदालतको आदेशलाई नजरअन्दाज गर्दै भवन निर्माण कार्य जारी राखी अहिले करिब करिब भवन निर्माण गरिसकेको स्थानीय सन्तोश सिँहले बताउनु भएको छ ।
करिब १ वर्ष पहिला वादी शम्भु प्रसाद साहले सार्वजनिक जग्गा कब्जा गरेको भन्दै प्रतिवादी सरोज देवी क्याल माथि मुद्दा दायर गरेका थिए । मुद्दा दायर भए पछि अदालतको विवादीत जग्गामा भवन नबनाउने आदेशलाई पालना नगरेको भन्दै पुनः शम्भु प्रसाद साहले अदालतको अवहेलना गरेको भन्दै सरोज देवी क्याल माथी दोस्रो मुदा दायर गराएका थिए । अहिले क्याल माथि सार्वजनिक जग्गा कब्जा गरेको र अदालतको आदेशलाई अवहेलना गरेको भन्दै दुइ वटा मुदा चलिरहेको छ ।
विवादीत जग्गालाई प्रष्ट पार्न र नापी गर्न हिजो बुधबार जिल्ला अदालतले सरकारी अमिन पठाएको थियो । अदालतले पठाएको सरकारी अमिनले नापी गर्दा प्रतिवादी सरोज देवी क्यालको किता नम्बर ३०० को जग्गामा पैनि (कुलो) को किता नम्बरको ९९ को पनि करिब ५ फिट जग्गा बढि कब्जा गरि क्यालले भवन बनाएको खुलेको थियो । प्रतिवादी सरोज देवी क्यालको घरको चौडाई नक्शा अनुसार २६ फिट हुनु पर्ने हो तर आज सरकारी अमिनले नापि गर्दा क्यालले ३१.६ फिटमा आफ्नो भवन बनाएको देखीएको हो ।
क्यालद्धारा ५ फिट पैनीको जग्गालाई कब्जा गरेको कारण उँहाको जग्गाको चौडाई बढेको स्थानीयहरुले बताएका छन् । वादि शम्भु प्रसाद साहका अनुसार प्रतिवादि सरोज देवि क्याल बाहेक उक्त क्षेत्रका करिब बसै व्यक्तिले पैनि (कुलो) को जग्गा छोडेल घर बनाएका छन् ।
अदालतले पठाएको सरकारि नमिनद्वारा हिजो विवादित जग्गाको वादी, प्रतिवादि, जीतपुरको अगुवा नेता, प्रहरी प्रसाशन लगायत स्थानिहरूको रोहबरमा नापी सम्मन्न गरिएको थियो ।