Breaking News :

नेकपा विवाद: एक पक्ष प्रधानमन्त्री आउने तयारी तिब्र पार्दै, अर्को पक्ष प्रधानमन्त्री आउन नदिन निर्वाचन आयोगमा निवेदन दिदै

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली चितवन आउने तयारी तीब्र पारिएको  छ । प्रधानमन्त्री ओली माघ १७ गते नेकपा चितवनले आयोजना गर्ने बृहत जनसभामा सम्बोधनसँगै भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्रङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्न चितवन आउन लागेका हुन।

प्रधानमन्त्री चितवन आउने सम्पुर्ण तयारी पूरा भैसकेको  नेकपा केन्द्रीय सदस्य तथा सांसद दिलकुमारी रावल थापा  ‘पार्वती’ले बताउनुभयो। उनले प्रधानमन्त्री आउने र कार्यक्रम कसरी कहाँ गर्ने भन्ने सम्पुर्ण तयारी पूरा भइसकेको बताउनुभएको हो। संघीय मन्त्रालयको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले सिटी हल र सडक विस्तारको शिलान्यास गर्ने र पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री ओलीले आमसभामा सम्बोधन गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रोक्न निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल समूहको पत्र

प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रोक्न माग गर्दै नेकपा चितवनको प्रचण्ड-नेपाल पक्षले निर्वाचन अयोगलाई पत्र पठाएको छ।

निर्वाचनको मिति घोषणा भइसकेपछि पनि प्रधानमन्त्रीले विकासका योजनाहरू शिलान्यास गर्दै हिँड्नु कानुनविपरीत हुने भन्दै प्रचण्ड-नेपाल समूहले जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा पत्र पठाएको हो।

निर्वाचन घोषणा भइसकेपछि सरकारकोतर्फबाट विकासका योजनाहरू शिलान्यास, उद्घाटन गर्दा निर्वाचन आचारसंहीता आकर्षित हुने हुँदा यस्ता कार्यक्रमहरू जिल्लामा हुन नदिन निर्वाचन कार्यालयको ध्यानाकर्षण गराइएको भन्दै जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेर पत्र बुझाएको पाइएको छ।

प्रधानमन्त्री आउने कार्यक्रम कसैले रोकेर रोकिन्न: सासंद रावल

प्रधानमन्त्री ओली माघ १७ गते चितवन अाउने कार्यक्रम नराेकिने सासंद रावलले बताउनुभएको छ। प्रधानमन्त्री चितवन आउने कार्यक्रम रोक्नको लागि केही व्यक्तिहरुले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ। निवेदन दिदैमा प्रधानमन्त्री चितवन आउने कार्यक्रम नरोकिने उनले बताउनुभयो। प्रधानमन्त्री आउने तयारी तीब्र छ, केन्द्रीय सरकारबाट विनियोजन भएका आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन। यसलाई अन्यथा लिन आवस्यक नरहेको उनले बताउनुभयो।

merokhabarsathi

Read Previous

अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त

Read Next

ऐलानी जग्गामा मार्केट, स्थानियद्वारा मुदा दायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram