अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त

वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजीबा’ को निधन भएको छ। भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जली दिएका छन्। श्रद्धाञ्जलिका लागि आज मंगलबार चितवन आएका प्रचण्डले काजीबाको शवमा फूलमाला र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन।

कुँवरको शव श्रद्धाञ्जलिका लागि नेकपा भरतपुर महानगर कमिटी कार्यालय कृष्णपुरमा राखिएको थियो। शवलाई अन्तिम संस्कारका लागि देवघाट लगिएको र त्यसमा सहभागी हुन प्रचण्ड पनि देवघाट पुगेका हुन्।

श्रद्धाञ्जलि दिएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन काजीबाको ठूलो योगदान रहेको बताए।

आफूले कुँवरबाटै पार्टी सदस्य लिएको खुलाउँदै आफूलाई अघी बढाउन उनले धेरै ठूलो योगदान दिएका पनि बताए। ‘कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावकको रुपमा पनि लिएको छु’, उनले भने। कुँवरबाट २०३३ सालमा पार्टीको सदस्यता लिएको उनले बताए। काजीबाको योगदानलाई कदर गर्दै अबको दिनमा भने सोकलाई नै शक्तिमा परीणत गर्ने उनको भनाइ छ।

लामो समयदेखि मधुमेह, रक्तचाप, प्रोस्टेटलगायत स्वास्थ्य समस्याबाट ग्रसित कुँवरको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो। भरतपुर अस्पतालमा उपचाररत अवस्थामा उनको निधन भएको हो। कुँवरको निधनमा नेकपा अध्यक्ष प्रचण्ड र प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले संयुक्त श्रद्धाञ्जलि वक्तव्य निकालेका छन्।

merokhabarsathi

Read Previous

कोरोना विरुद्धको खोप बुधबारदेखि लगाइने

Read Next

नेकपा विवाद: एक पक्ष प्रधानमन्त्री आउने तयारी तिब्र पार्दै, अर्को पक्ष प्रधानमन्त्री आउन नदिन निर्वाचन आयोगमा निवेदन दिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *