Breaking News :

कोरोना विरुद्धको खोप बुधबारदेखि लगाइने

सान्केतिक तस्बिर

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।

आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिएकाछन। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।

मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गरेका छन।

भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप आजबाट प्रदेश प्रदेशमा पठाइँदैछ ।

merokhabarsathi

Read Previous

सरकारले जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने

Read Next

अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram