Breaking News :

सरकारले जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने

सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिनेछ ।

करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले बताएको छ ।

स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने विभागले जनाएको छ । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइनेछ ।

 

merokhabarsathi

Read Previous

चितवनमा २ स्थानमा शकांस्पद वस्तु फेला, एउटा ट्रक तोडफोड

Read Next

कोरोना विरुद्धको खोप बुधबारदेखि लगाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram