Breaking News :

चितवनमा २ स्थानमा शकांस्पद वस्तु फेला, एउटा ट्रक तोडफोड

चितवनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द सफल पार्न विप्लव समूहले चितवनमा त्रास फैलाइरहेको छ।

चितवनकाे एकठाउँमा ट्रक तोड्फोड गरेको छ । भने २ स्थानमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार भरतपुर महानगपालिकाको नारायणपुणमा अज्ञात समूहले ट्रकमा ढुङ्गा हानेर भागेका प्रहरीले जनाएको छ । गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख ३८६३ नम्बरको ट्रकलाई मोटरसाइकलमा गीतानगरतर्फ जाँदै गरेका व्यक्तिले ढुङ्गा प्रहार गरेर भागेको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको जिम्मा विप्लव समूहले नलिए पनि बन्द सफल पार्न गाडी तोडफोड गरेको अनुमान प्रहरीले गरेको छ ।

यस्तै  चितवनकाे २ स्थानमा शकांस्पद वस्तु फेला परेकाे छ। भरतपुर महानगरपालिका-११ बाइपासमा र भरतपुर-१ रामनगरमा शकांस्पद वस्तु फेला परेकाे हाे। अहिले यस स्थानमा सवारी आवत जावत तथा हिडडुल समेत बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य थापाका अनुसार प्रहरीले अहिले डिस्पोजको लागी नेपाली सेनासंग समन्वय गरिरहेको छ । भने शकांस्पद वस्तु कसले राख्यो भन्ने विषयमा पनि थप अनुसन्धान भईरहेको छ ।

 

 

merokhabarsathi

Read Previous

चितवनकाे २ स्थानमा शकांस्पद वस्तु फेला

Read Next

सरकारले जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram