भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवन। नेत्र विक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका केन्द्रिय समिति सचिवालय सदस्य एवं पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाइ पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ । बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै माघ १० गते ‘नेपाल बन्द’ सहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । विप्लव नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेतालाई सरकारले काममा खटिएको बेला पक्राउ गरेको बताएको छ। नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ संगै अन्य २ जना विवेक र विशाललाई प्रहरीले पक्राउ गरेको जारी विज्ञप्तिमा जनाइएको छ। यसैक्रममा , नेपाल कम्युनिस्ट पार्टीको देशभरका जिल्ला समितिले विज्ञप्ति जारी गर्दै भोलि माघ १० गते पार्टीले आयोजना गरेको नेपाल बन्दमा सहयोग गरिदिन अनुरोध गरेका छ ।’