बाग्मती प्रदेशका पौष महिनाको सर्वाेत्कृष्ठ प्रहरीमा देवेन्द्र बहादुर शाह

सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह पौष महिनाको सर्वाेत्कृष्ठ प्रहरी घोषणा भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०७७ मा उल्लेखीत व्यवस्था अनुसार पौष महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी “ घोषणा गरीएको छ ।

विभिन्न मितिमा घटना घटाई फरार रहेका १६ जना अभियुक्तलाई पौष महिनामा पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसेको कार्यालय माथिबाट आएको पहिरो स्थानीय निकाय र स्थानीय ब्यक्तिहरुको समन्वय र सहकार्यमा हटाई पहिरो प्रभावित एरियामा रिटेन्सनवाल र कार्यालयको कम्पाउण्डमा मेशिनरीवाल निर्माण कार्यमा उल्लेखनीय भुमिका निर्वाह गरेको हुँदा उहाँलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रहरी बरिष्ठ उपरीक्षक तथा प्रवक्ता मीरा चौधरीले जानकारी दिइन् ।

उहाँले गरेका कार्यहरुको उचित मुल्यांकन गर्दै प्रहरी प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह लाई प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले निजलाई “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरीएको हो । प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह सहित पौष महिनामा उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन । प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी” घोषित भए भने अन्य १३ जना आ-आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन ।

merokhabarsathi

Read Previous

प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान

Read Next

भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *