Breaking News :

पानी जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि नेपाल मरिन ट्रेनिङ रिसर्च सेन्टर स्थापना हुँदै

नेपालमा पानी जहाज सञ्चालनकाे चर्चा सुरु भएपछि पानी जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि नेपाल मरिन ट्रेनिङ रिसर्च सेन्टर स्थापनाकाे पहल शुरू गरेको छ । विदेशमा अध्ययन गरेर यस क्षेत्रमा कार्यरत रहेका नेपाली युवाहरूकाे पहलमा यसका लागि सम्भाव्य अध्ययनका साथै स्थापनाका लागि जग्गा खाेजी गर्ने कार्य भइरहेको छ । उक्त अभियानकाका अभियानकर्मी मरिन इन्जिनियर निशान आर्चायकाअनुसार सेन्टर स्थापना भएपछि पानीजहाज संचालनको लागि चाहिने जनशक्ति नेपालमै उत्पादन हुने र त्यस्तै प्राकृतिक विपत्त न्युनिकरणकालागि चाहिने जनशक्ति उत्पादन गरिनेछ । उनका अनुसार वर्षमा करिब ६ सय जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति,गोताखोर , भूकम्प ,आगलागी जस्ता प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि चाहिने जनशक्ति उत्पादन गर्न नेपालमै पहिलोपटक सो ट्रेनिङ्ग सेन्टर खोल्न लागेको उनको भनाइ छ। उक्त संस्थामा आचार्य लगायत नेपाली र बिदेशी युवाकाे पनि लगानी रहने छ ।

पहिलोपटक काठमाडौ वा चितवनमा स्थापना गर्न लागेको उक्त संस्था आवश्यकता अनुसार देशका अन्य भागमापनि विस्तारै विस्तार गर्ने लक्ष्य राखिएको छ । कम्पनीले नेपाल सरकार लगायत सराेकारवाला सबैको साथ सहयोगको अपेक्षा राखेको छ । नेपालमा पानी जहाज कार्यालयले नियमन गर्ने उक्त कम्पनि स्थापना भएपछि पानी जहाज र प्राकृतिक विपतका लागि चाहिने जनशक्ति नेपालमै उपलब्ध हुने र राेजगारी प्रदान हुने बताइएको छ । कम्पनि स्थापनाका लागि लगानीकर्ताहरूले पानीजहाजसम्बन्धी कानून पारित कहिले हुन्छ भनेर कुरिरहेका छन ।पानीजहाज कार्यालय खुल्नासाथै ‘पानीजहाज दर्तासम्बन्धी ऐन २०२७’ लाई प्रतिस्थापन गर्न नयाँ ऐन ल्याउन तयारी थालियो ।

कार्यालयले अन्तर्राष्ट्रिय अभ्यास, जल यातायात र पारवहनसम्बन्धी कानून, सन्धि, महासन्धि, अभिसन्धि र नेपालको कानूनी व्यवस्था लगायतका अध्ययन गरेर, ऐनको मस्यौदा बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएकाे छ।त्यसबाहेक केही नदीमा पानीजहाज चलाउन भनेर अध्ययन गरेको छ । प्रस्तावित ऐनले जल यातायात सञ्चालन, व्यवस्थापन र नियमन गर्नेछ । त्यसपछि नेपाली ध्वजाबाहक पानीजहाज समुन्द्रमा चलाउने सरकारी घोषणा कार्यान्वयनको बाटो खुल्छ । अन्तर्राष्ट्रिय अभ्यास पछ्याउने यो ऐनले सामुन्द्रिक बन्दरगाहबाट नेपालसम्म पानीजहाज ल्याउने सरकारी योजनालाई कानूनी आधार दिने छ । याे सँगै पानी जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि कम्पनि स्थापना गर्न कानुनी बाटाे खुल्ने छ ।

merokhabarsathi

Read Previous

विदेशमा निधन भएकाको परिवारलाई आइएमईको सहयोग

Read Next

पर्यटकीय गन्तव्य वाल्मिकी आश्रम ( फोटो फिचर )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram