Breaking News :

चितवनमा प्रधानमन्त्री ओलि समर्थनमा साइवर सेना गठन

चितवनमा प्रधानमन्त्री केपी ओलि समर्थनमा साइबर सेना गठन गरिएको छ। प्रधानमन्त्री ओलि समर्थकका साइबर सेनाको सम्योजक सुरेस कार्की सहित १०१ सदस्य गठन गरिएको हो।

मिडिया, सामाजिक सञ्जाल लगायत अनेक माध्यमबाट कम्युनिष्ट आन्दोलनमाथि हमला गरेको हुनाले त्यसलाई जोगाउन, जनतामा गएको भ्रम रोक्न साइबर सेना गठन गरिएको अनेरास्ववियु केन्द्रिय सदस्य धुर्ब बर्तौलाले बताए। उनले साइबर सेना गठन गर्दै १०१ सम्पुर्ण सदस्य लाई हार्दिक बधाइ दिएका थिए। कार्यकाल घनिभुत ढ्ङ्गले अगाडि बढाउदै गोलि र बारुद को सेना नभइ बिचार को सेना बन्दै अगाडि बढ्न कार्यसमितिलाई आग्रह समेत गरेका छन्।

पछिल्लो समय प्रधानमन्त्री ओलि र उनको समर्थकहरुलाई लिएर सामाजिक संजालमा अपशब्द बोल्ने, मानहानी गर्ने र चरीत्र हत्या गर्ने क्रम बढेपछि जिल्ला जिल्लामा साइबर सेना गठन हुनथालेकाे छ। युवा संघको अध्यक्ष र पार्टी ले खटाएको इन्चार्जले साइबर सेनालाई निर्देशन गर्ने गर्दछ ।

merokhabarsathi

Read Previous

सांसद रावलको माधव-प्रचण्ड पक्षलाई प्रश्न:राजनीतिक एजेण्डा सकिएकै हो त कमरेडहरू?

Read Next

विद्यार्थी हक हितकाे माग राख्दै अनेरास्ववियुले गरायाे क्याम्पसकाे ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram