Breaking News :

सांसद रावलको माधव-प्रचण्ड पक्षलाई प्रश्न:राजनीतिक एजेण्डा सकिएकै हो त कमरेडहरू?

राष्ट्रिय सराेकार समन्वयको सभापति तथा राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ले राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउनेहरूमाथि कडा कारवाहीको माग गर्नुभएको छ।

मुलुकका तीन-तीनजना पूर्व प्रधानमन्त्री सहभागी विरोध जुलुसमा लागेको नाराले सारा स्वाभिमानी नेपालीहरूको शिर निहुरिएको उनको भनाइ छ । राष्ट्रपतिको अस्मिता, सतीत्वमाथि प्रहार  किन ? यो भन्दा घृणित कार्य के होला ? राजनीतिक एजेण्डा सकिएकै हो त ? भन्दै प्रचण्ड–माधव नेपाल पक्षसँग प्रश्न समेत गर्नुभएको छ।

‘छैन राजनीतिक एजेण्डा ? राजनीतिक एजेण्डा सकिएकै हो त कमरेडहरू ?,’ `यो क्षमायोग्य छैन । सम्माननीय अध्यक्षज्यूमार्फत दोषिमाथि कडाभन्दा कडा कारवाहीको माग गर्न चाहन्छु ।’ भन्दै रावलले सडकमा गएर रूवाबासी गर्नुभन्दा जनतामा जान प्रचण्ड-नेपाल पक्षलाई सुझाव समेत दिनुभएको छ।

‘सडकमा रूवाबासी गर्नुभन्दा जनताको बीचमा जानु उचित होला,आँट गर्नुस् कमरेडहरू, हिम्मत गर्नुस् । आग्रह, पूर्वाग्रहबाट माथि उठ्नुस्, … नत्र रामराम मात्र भन्न सकिन्छ ।’ भन्दै उहाँले प्रधानमन्त्री विरुद्ध गरिएको षड्यन्त्रका कारण जनतामा जानुभन्दा अर्को विकल्प नभएको पनि बताउनुभएको छ।

 

 

merokhabarsathi

Read Previous

चेपाङ बालबालिकालाई झोला र कपडा वितरण

Read Next

चितवनमा प्रधानमन्त्री ओलि समर्थनमा साइवर सेना गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram