Breaking News :

चेपाङ बालबालिकालाई झोला र कपडा वितरण

माडी २२ पौष । साउन । होली भिजन पब्लिक स्कुल भरतपुरबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी हाल अध्ययनको लागि जापानमा रहनुभएकी कृषला कंडेलको सहयोगमा आज बुधबार माडी ८ का चेपाङ बालबालिकाहरुलाई झोला र न्यानो कपडा वितरण गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं ४ धर्मचोकमा स्थायी घर भई हाल अध्ययनको लागि जापानमा रहेकी कृषला कंडेलले अाफैले अाम्दानी गरेको रकमबाट माडी नगरपालिका वडा नं ८ को शिवद्वार र इन्द्रबस्तीको नदी किनारमा बसोवास गरेका ५० जना सुकुम्बासी चेपाङ बालबालिकालाई झोला वितरण गरिएको हो ।

झोला वितरण गर्दै माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले समाजसेवी कृषला कंडेलले सहयोगबाट विपन्न बालबालिकाहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान मिल्ने जनाउँदै सुकुम्बासी चेपाङ समुदायका बालबालिकालाई सहयोग गर्ने सहयोगीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

झोला वितरण कार्यक्रममा मिराकल गार्डेन माडीका सञ्चालक दामोदर देवकोटा, सामुदायिक होम स्टे शिवद्वार
का अध्यक्ष मानबहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुकबहादुर चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ बालबालिकालाई सहयोग गर्ने सहयोगी कृषला कंडेलप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो । वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

merokhabarsathi

Read Previous

खेलबाट पर्यटकीय स्थानहरुको प्रचारप्रसार गर्दै ऋषिङ गाउँपालिका

Read Next

सांसद रावलको माधव-प्रचण्ड पक्षलाई प्रश्न:राजनीतिक एजेण्डा सकिएकै हो त कमरेडहरू?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram