Breaking News :

खेलबाट पर्यटकीय स्थानहरुको प्रचारप्रसार गर्दै ऋषिङ गाउँपालिका

तनहुँ। ऋषिङ्ग गाउँपालिका कोटदरबार तनहुँको आयोजनामा यहि पौष २७ गते हुने प्रथम ऋषिङ म्याराथन २०७७ को तयारी तिव्र पारिएको छ । देशभरबाट निशुल्क सहभागीता जनाउन सकिने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद रहेको छ । स्थानीयदेखि राष्ट्रिय खेलाडी समेत सहभागी हुन सक्ने गरी खुल्ला, स्थानीय र महिला म्याराथन गरी तीन वटा दौड हुने भएको छ ।

पहिलो खुल्ला म्याराथन ४२.२ किलोमिटरको दूरी रहेको र यसमा प्रथम हुनेले ६५ हजार, द्धितीय हुनेले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्तव्ना हुने ३ जनाले जनही १० हजारका दरले नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यो दौडमा भाग लिने प्रतिस्पर्धीले गाउँपालिकाको गढी डाँँडा, रानीपोखरी, गाउँपालिका कार्यालय, पोखरीभञ्ज्याङ्ग, गोठादी, ढुँङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीवास,दाङसीरी र अन्तिम विन्दू दुवुङकोटको म्यूटावरसम्म दौडनुपर्नेछ ।

त्यस्तै स्थानीय म्याराथन ८ किलोमिटर दूरीको रहेको छ । यसमा प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले १० हजार, तृतीय हुनेले ६ हजार र सान्त्वना हुने एक जनाले २ हजार नगद पुरस्कार पाउनेछन् । यो दौडको रुट भने ऋषिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खला छाप, केउराडी र ज्यामिरेमाई मन्दिर रहेको छ । र अर्को महिला सर्ट म्याराथनमा ४ किलोमिटरको दूरी पार गर्नुपर्नेछ । यसमा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ८ हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रवक्ता बिजय दराईले जानकारी दिनुभयो ।
पौष २६ गते बिहान १० बजे भित्र फारम भरी नाम दर्ता गर्नुपर्ने र थप जानकारीका लागि ऋषिङ गाउँपालिकाको वेवसाइट र फेसबुक पेज हेर्न सकिने आयोजकले जनाएको छ ।

नेपालभरका गाउँपालिकाहरुमध्ये ठूलो राशी सहितको खुल्ला म्याराथन आयोजना गर्ने यो नै पहिलो गाउँपालिका दावी गरिएको उक्त कार्यक्रमको तयारी तिव्र पारिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सरकारले २०७३ साल फागुन २७ गते साविक काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग गाविकसलाई समायोजन गरी गाउँपालिका बनाइएको थियो । गाउँपालिका बनेपछि यहाँ रहेका धार्मिक, ऐतिहासिक एवम प्राकृतिक मनोरमको दृश्यावलोकन सहितका पर्यटकीय स्थलहरुको खेल मार्फत देश विदेशमा चिनाउन यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

म्याराथन प्रतियोगिताकै अबसर पारेर नम्बर ८ को गढि कोतमा भ्यू टावरको शिलन्यास गरिने छ भने म्याराथन दौड सम्पन्न हुने स्थान ऋषिङ्ग गाउँपालिका वडा नम्बर ३ मा अवस्थित हालै निर्मित दुबुङ्ग भ्यु टावरको उद्घाटन पनि गरिने आयोजक ऋषिङ्ग गाउँपालिकाले जनाएको छ ।

merokhabarsathi

Read Previous

एकअर्कालाई आरोपप्रत्यारोप गर्दै सकियो नेकपाको भेला

Read Next

चेपाङ बालबालिकालाई झोला र कपडा वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram