भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
नेकपा विवादका कारण चितवनमा दुई समुहले अलगअलग कार्यकर्ता भेला गरेका छन् । भेलामा दुवै समुहले एकले अर्को सकेसम्मका शब्द र व्यङ्गे गर्दै आरोप प्रत्यारोपमै भेला सकाए ।
प्रधानमन्त्री केपि ओलि पक्षको भेलालाई समर्थन गर्न पुगेका गृहमन्त्री बादलले सम्पूर्ण समय नेकपा अध्यक्ष प्रचण्डलाई गाली गरेर विताए । उनले सरकार, नेतृत्वलाई अपदस्त गर्नको निम्ती प्रधानमन्त्री उपर अविश्वासको प्रस्ताव आएपछि संसद विघटन गरेको दावी गरे ।
उनले भने प्रचण्ड आफु प्रधानमन्त्री बन्न विभिन्न षडयन्त्र गरेपनि त्यो षडयन्त्र तुहाएको बताए । “हामीले लोहारको एक चोटले चकनाचुर पार्यौँ, प्रचण्ड आफु प्रधानमन्त्री बन्न चाहानुहुन्थ्यो, अनेक जालझेल, षडयन्त्र गरेर, अविश्वासको प्रस्ताव लिएर आएरपछि हामीले त्यो सपना पुरा हुननदिन सदन विघटन गर्यौँ । ”
सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदकाे लाेभले गर्दा ससंद बिघटन भएकाे र नेकपा फुटकाे स्थितिमा पुगेको बताएका छन् । उनले लामाे समय २ अध्यक्ष बिच अन्तसङ्घर्स चलेकाे र पुष्प कमल दहालले प्रधानमन्त्रीको सपना देखेकोले पाटी विघटनको अवस्थामा पुगेको बताएकाहुन्। उनले प्रचण्डको क्रान्तिको सपना लोभी सत्तामा परिणत भएको र प्रचण्डले जनता सङ गरेको बाचाकसम समेत विर्सिएको बताए।
उता प्रचण्ड नेपाल समूहले आयोजना गरेको भेलामा पनि अाेलि सरकारकाे विराेध गर्दैमा कार्यक्रम सकियाे। ओली सरकारमै पर्यटनमन्त्री रहेर हालै राजीनामा दिएका नेकपा युवा नेता योगेश भट्टराई प्रमुख वक्ताको रुपमा थिए ।
सो भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री
ओलीकाे समर्थन गर्नेलाई अनपढकाे सङ्या दिएका छन्। उनले आजबहुदलीय जनवाद भनेर झण्डा बोकेर हिड्नेहरु हिजो बहुदलिय जनवादको ठुलो बहस हुदा जन्मेका पनि थिएनन् आज त्यस्ता मनिसहरु बहस गर्दै छन्। जसले नपढेका छन् नलेखेका छन् अइएम उइथ केपि अाेलि बाहेक केही भन्न जानेका छैनन्। भन्दै अाेलि समर्थनका कार्यकर्ताकाे समेत अालाेचना गरेका छन्।
नेता रामकुमारी झाँक्रीले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताइन् ।
अन्तत यसरी एकाअर्कालाई आरोपप्रत्यारोप गर्दै दुवै पक्षको भेला सकियो। नेकपा विवादको प्रवाभ दुई पक्षको भेला हेर्ने हो भने केन्द्रमा भन्दा चितवन बढी छताछुल्ल बनेको देखिन्थ्यो।