Breaking News :

प्रधानमन्त्री हुन चुनावमा जान र पार्टी अध्यक्ष हुन महाधिवेशनमा जान प्रचण्डलाइ गृहमन्त्रीको चुनौती

गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड प्रधानमन्त्री हुन प्रधानमन्त्री उपर अविश्वासको प्रस्ताव आएपछि संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री हुन चुनावमा जान र पार्टी अध्यक्ष हुन महाधिवेशनमा जान उनले प्रचण्डलाइ चुनौती पनि दिएका छन् । सरकार, नेतृतवलाई अपदस्त गर्नको निम्ती जुन षडयन्त्रकारी तरिका उहाँहरुले अपनाउनुभयो, सदन नै विघटन गरेपछि प्रधानमन्त्री नै सकियो। उनले प्रचण्ड आफु प्रधानमन्त्री बन्न विभिन्न षडयन्त्र गरेपनि त्यो षडयन्त्र खेर गएको बताएका छन् । उनले आफुहरुलाइ प्रचण्डले सय चोट दिएको र त्यस्लाइ आफुहरुले ससंद विघटन गरि एक चाेट दिएकाे सङ्घ्या दिदै सुनारकाे सय चाेट लाेहारकाे एक चाेट भन्ने उखान समेत उदाहरण दिएका छन्। भने प्रधानमन्त्री हुन चुनावमा जान र पार्टी अध्यक्ष हुन महाधिवेशनमा जान चुनौती पनि दिएका छन् ।

merokhabarsathi

Read Previous

गृह जिल्ला चितवन आएका बादललाई कालो झन्डा देखाएर विरोध

Read Next

एकअर्कालाई आरोपप्रत्यारोप गर्दै सकियो नेकपाको भेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram