Breaking News :

द वर्गर हाउसको ५० औं शाखा चितवनमा सञ्चालन

चितवन। ‘ द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’ को ५० औं शाखा चितवनमा सञ्चालनमा आएको छ । अंँग्रेजी नयांँ बर्षको अवसर पारेर आज शुक्रबार देखि भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दिपेन्द्रचोकमा सञ्चालनमा आएको हो ।

वर्गर हाउसमा क्रञ्चि वर्गर, कफि, फाष्टफुडका परिकार सहित अर्डर अनुसारको खानेकुरा पाइने वर्गर हाउसका सञ्चालक सुमित दवाडीले बताए। एकपटकमा १ सय २५ जनासम्मलाई सेवा दिने यस हाउसमा आकर्षक इन्टेरियर, सभाहल एवं रेष्टुरेण्ट एण्ड बार रहेकाे छ । डेढकरोड लगानी भएको यस हाउसमा २० जनाले रोजगारी पाएको उनले बताए । भने भरतपुरमा रहेका मेडिकल कलेज तथा शैक्षिक संस्थाहरुलाई लक्षित गर्दै वर्गर हाउस सञ्चालनमा ल्याईएको उनले बताए। नयाँबर्ष तथा शाखा शुभारम्भ को अवसरमा सेवाग्राहीलाई सबै परिकारमा १५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको उनकाे भनाइ छ ।

काठमाडौं, विराटनगर, पोखरा,काभ्रेलगायत देशका अन्य ४९ औं ठाउँमा वर्गर हाउसले अाफ्नाे सेवा दिइरहेकाे छ। भने चितवनमा ५० औ शाखाको रुपमा पहिलोपटक शाखा विस्तार गरिएको हो ।

merokhabarsathi

Read Previous

प्रधानमन्त्री ओली निकट महानगर स्तरिय अगुवा कार्यकर्ता भेला

Read Next

९६ लाखकाे लगानीमा भरतपुर रेसिडेन्सी सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram