Breaking News :

प्रधानमन्त्री ओली निकट महानगर स्तरिय अगुवा कार्यकर्ता भेला

प्रधानमन्त्री केपि शर्मा ओली निकट नेकपाको भरतपुर महानगर स्तरिय अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ । पछिल्लो राजनैतिक अबस्थाका बारेमा जानकारी र छलफलका लागि अगुवा कार्यकर्ता भेला गरिएको हो ।                                                                                                                          कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य बिजय सुबेदीले अहिलेको अबस्थामा सम्पुर्ण नेता कार्यकर्ता एकजुट हुनु पर्ने अबस्था आएको र सबैको ध्यान आगामी निर्बाचन लाई केन्द्रबिन्दुमा राखेर अगाडी बढनु पर्ने बताए । त्यसैगरी कार्यक्रममा अर्का केन्द्रीय सदस्य हरि सापकोटाले अहिलेको अबस्थामा अब पार्टी लाई नयाँ शिरा बाट अगाडी बढाउदै अहिलेको अबस्थामा स्थानीय स्तरमा जागरुक हुनु पर्ने बताए । त्यस्तै भेलामा केन्द्रिय सदस्य तथा संसद पार्बती राबलले अगुवा कार्यकर्ताहरुले पार्टी फुटाउन चलखेल गर्नेका बिरुद्ध जनस्तरमा कुरा पुर्याउन आग्रह गर्दै केही ब्याक्तिका पदलोभका कारण अहिले असहज अबस्था आएको बताइन ।                                                                                                                                कार्यक्रममा बाग्मती प्रदेशका संसद कृष्ण भुर्तेलले पार्टी बिखण्डनको अबस्थामा पुगेको बेला आफुले सहि मार्ग अबलम्बन गरेको बताउदै सम्पुर्ण नेता कार्यकर्ता लाई गोलबन्द भै जनताको बहुदलीय जनबादको सार्थकता लाई पुर्ण रुप दिन आग्रह गरे । उनले केही समय आफू दुबिधामा रहेको भएपनि अहिलेको अबस्थामा अरु गुट उपगुटमा नलाग्न अगुवा कार्यकर्ता लाई अनुरोध गरेका छ्न । कार्यक्रममा नेकपा प्रदेश सदस्य शान्ती अधिकारी लगायतले केही नेताका स्वार्थका कारण नेता कार्यकर्ता अलमलिने अवस्था सिर्जना भएको बताउदै पार्टी लाई अझै ससक्त बनाउनु पर्ने बताए ।                                                                                                      कार्यक्रममा रमाकान्त सापकोटा, तिलचन्द्र भट्टराई , नारायण अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका भित्रका करिब ३ सय अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

merokhabarsathi

Read Previous

कवि शिरोमणि पौड्यालको जन्म जयन्तीमा ३ जना आख्यानकारलाई सम्मान गरिने

Read Next

द वर्गर हाउसको ५० औं शाखा चितवनमा सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram