Breaking News :

कवि शिरोमणि पौड्यालको जन्म जयन्तीमा ३ जना आख्यानकारलाई सम्मान गरिने

चितवन साहित्य परिषद्ले स्थापना गरेका विभन्न ३ वटा विधाका साहित्यिक पुरस्कारहरूको लागि स्रष्टा चयन गरिएको छ ।

परिषद्ले चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार २०७७ का लागि आख्यानकार प्राज्ञ माया ठकुरीलाई चयन गरेको छभने चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार २०७७ का लागि आख्यानकार मीनराज वसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार २०७७ आख्यानकार नानी बिवुलाई प्रदान गरिने जनाएको छ ।
परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आज बसेको बैठकले वसन्तको “पिपिरी” र बिवुको “अनुक्रोश” उपन्यासका लागि उक्त पुरस्कारहरू प्रदान गरिने भएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ औं जन्म जयन्तीको अवसर पारेर आगामी शनिबार विशेष साहित्यिक कार्यक्रम गरि पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ । उल्लेखित सबै पुरस्कारहरूको राशि जनही रु १५ हजार पैंतालीस र सम्मान पत्र रहेको परिषदका सचिव बालकृष्ण थपलियाले जानकारी दिनु भयो ।

merokhabarsathi

Read Previous

चनाैलिमा याेगा कक्षा सचांलन हुने

Read Next

प्रधानमन्त्री ओली निकट महानगर स्तरिय अगुवा कार्यकर्ता भेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram