Breaking News :

अशोक स्टिल ईण्डस्ट्रिज बाट निस्कने धुवाँधुलाेले अत्याधिक प्रदुषण

एस.एस. पटेल, बारा-
जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा रहेको अशोक स्टिल ईण्डस्ट्रिज बाट निस्कने धुवाँधुलाेले अत्याधिक प्रदुषण भएकाे छ। जस कारण आसपासका स्थानियहरुलाई असर समेत गरेकाे छ। ईण्डस्ट्रिजले फालेको अत्याधिक धुँवाले जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलिया-६ नगौल-७, जीतपुर,-३ बज्नि लगायत आसपासको क्षेत्रलाई प्रदुषित भएको हाे।

उक्त ईण्डस्ट्रिले फालेको धुँवाको कारण दमको रोग, क्यान्सर, आँखामा समस्या आउने गरेको विज्ञहरूले बताउछन् । अशोक स्टिलले फालेको धुँवाले आसपासको क्षेत्रमा धोएर सुकाउनको लागि राखिएको कपडा समेत फोहोर हुने गरेकाे स्थानीयकाे भनाइ छ।

उद्योगको प्रदूषण नियन्त्रणका लागि वार्ड नम्बर ५ को अध्यक्ष मोहित चौधरिले कम्पनिमा पहल गरेपनि विभिन्न बहाना बनाई अब केही दिनमा प्रदुषण नियन्त्रण मेसिन जडान गरिने भनेर टार्दै अएको अध्यक्ष चौधरिले बताउनु भएको छ ।

merokhabarsathi

Read Previous

परुहीकाे चेपाङ बस्तीमा न्यानो कपडा वितरण

Read Next

चनाैलिमा याेगा कक्षा सचांलन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram