Breaking News :

प्रदेश १ का तीन मन्त्रीले दिए राजिनामा

विराटनगर । प्रदेश १ सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन ।

प्रतिनिधिसभा विघटनको प्रतिकामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नैतिकताले नदिएको भन्दै तीन मन्त्रीले आइतबार बिहाब राजिनामा दिएका हुन ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन । राजिनामा दिने तयारीमा रहेका आर्थिक मामिला तथा योजना मान्त्री इन्द्रबहादुर आङ्बोलाई भने मुख्यमन्त्री शेरधन राईले शनिबार पदबाट हटाएका थिए ।

आज मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । अविश्वास प्रस्ताव दर्ता गराउन प्रदेशसभा सदस्यहरु विराटनगरमा भेला हुन थालेका छन् ।

merokhabarsathi

Read Previous

ओली समुहका कार्यकर्ता गरेको तालाबन्दी प्रचण्ड–माधव समुहका कार्यकर्ताले फुटाले

Read Next

परुहीकाे चेपाङ बस्तीमा न्यानो कपडा वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram