भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन् ।
आज विहान पार्टी कार्यालय भरतपुरमा पुगेका ओली पक्षीय कार्यकर्ताले कार्यालयको ढोकामा ताला लगाएका हुन् । पार्टी कार्यालय साविक एमालेको भएकाले कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिए ।
उनीहरुले पार्टी एकता जिन्दाबाद, केपी ओली जिन्दावादलगायतका नारा लगाएका थिए ।