Breaking News :

डम्पिङ्ग साइडको दिर्घकालिन व्यवस्था नहुँदा नगर वनको अस्तित्व नै संकटमा

चितवन। भरतपुर महानगरले फोहोर डम्पिङ्ग गर्न नारायणगढ बजारको नजिकमै रहेको नगर वनको विकल्प नखोज्दा वनको संरक्षणमा चुनौती थपिएको छ। भरतपुर महानगरले स्थायी रुपमा फोहोर फाल्ने ठाउँको खोजि र व्यवस्था गर्न नसक्दा बनको अस्तित्व नै संकटमा छ। अध्याधिक फोहोरका कारण वन त जोखिममा छ नै वरपरका वस्ती समेत दुर्गन्धित बनेका छन् ।

“नगर वनको संरक्षण र प्रवद्र्धन गर्ने भरतपुर महानगरले कुनै सोच बनाएकै छैन, फोहोर फाल्ने स्थानको दिर्घकालिन व्यवस्थापन गर्न नसक्दा वनको पर्यावरणीय सन्तुलन नै बिग्रिएको छ।” नेपाली कांग्रेसका सचिव उत्तम जोशीले भने, “महानगरले बिपी शान्ति नगर वनलाई दुर्गन्धित बनाउनु बाहेक अरु काम गर्न सकेको छैन।” बिपी शान्ति नगर वनमा बिगत देखि नै फोहोर फाल्ने गरिएको भएपनि जनप्रतिनिधि आएपछि वन संरक्षण गर्न डम्पिङ्गको दिर्घकालिन विकल्प खोजि र निर्धारण हुनेमा वरपरका बासिन्दा ढुक्क थिए । तर स्थानीय अहिले पनि फोहोरका कारण दुर्गन्धित र पशु चौपायाको मर्ने र समग्र मानव स्वास्थ्यलाई नै प्रतिकुल असर झेल्न बाध्य छन् । नगर वनको नजिकै रहेको नारायणी नदिमा पनि प्रदुषण बढ्ने, जलचरको सन्तुलनमा असर पुर्याउने समस्या हुदै आएका छन् ।

नगर वनमा रहेको बिपी शान्ति वाटिका लाई समेत वनको संरक्षण नहुदा थप जिर्ण हुदै गएको छ। त्यहाँ बिपीको शालिक तोडफोड समेत भएको पाइएको सचिव जोशीले बताए । २०५० सालमा यो वनलाई तत्कालीन भरतपुर नगरपालिकाले बीपी शान्ति वाटिका बनाएको थियो ।

त्यहीबेला बनाएको बीपीको सालिक अहिले संरक्षणको पर्खाइमा छ । सालिकसँगै रहेको फूलको वाटिका अहिले सबै नष्ट भैसकेको छ । वनको झाडीले गर्दा यो क्षेत्र अहिले जीर्ण र खण्डहर बन्दै गैरहेको स्थानीय दुःखेसो पोख्छन् ।

२०३९ सालमा तत्कालीन भरतपुर नगर पञ्चायतले वृक्षरोपण गरी हुर्काएको वन क्षेत्रलाई नै पछि बीपी शान्ति वाटिका बनाइएको हो । महानगरले भने सो वन क्षेत्र राष्ट्रिय वन क्षेत्र भएको भन्दै डिभिजन वन कार्यालयले आफ्नो स्वामित्व रहने भन्दै पन्छिदै आएको छ। सो वनमा फोहोर फाल्ने काम रोक्न संसारी माई टोल सुधार समितिले भरतपुर महानगरलाई पटक पटक आग्रह गर्दै आएको छ।

merokhabarsathi

Read Previous

बैरियामा खुल्ने भयो सुबिधा सम्पन्न पोलिक्लिनिक

Read Next

चितवनको नेकपा पार्टी कार्यालयमा ओलि पक्षको ताला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram