Breaking News :

आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठी समापन

२०७७ पौष २३ गते । फरवार्ड नेपालले आयोजना गरेको दुई दिने आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठी तथा महानगर आपत्कालीका कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधी प्रमाणीकरण गोष्ठी आज समापन गरियो । भरतपुर महानगरपालिकाका उपप्रमुख श्री पार्वती शाहको अध्यक्षता, फरवार्ड नेपालका अध्यक्ष प्रा.डा. माधव कुमार श्रेष्ठ एवं श्री प्रेमराज जोशीको प्रमुख आथिथ्यतामा सञ्चालित सो कार्यक्रममा भरतपुर महानगरपालिकाका विभिन्न विभागका प्रमुखहरु, २९ वटै वडाका वडा अध्यक्ष एवं निर्वाचित जनप्रतिनीधिहरु, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, उद्योग संघ, वाणिज्य संघ, शसस्त्र प्रहरी बल गण, नेपाल प्रहरी, गैसस समन्वय समिति, गैसस फेडेरेसन आदिको सहभागीता रहेको थियो ।                                                                                              यूरोपियन यूनीयनको मानविय सहायताको आर्थिक सहयोग, भरतपुर महानगरपालिका तथा यूएनडिपीको प्राविधिक सहयोगमा भरतपुर महानगरपालिकामा सञ्चालित बहुप्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजनाको सहयोगमा सो कार्यक्रम भरतपुर महानगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो । यूएनडिपीका सहजकर्ता श्री दिपक राज सुवेदीले आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा प्रस्तुत गर्दै योजना तर्जुमा प्रक्रिया, वडागत सूचना एवं सुझाव संकलन, राहत मापदण्ड का विषयमा छलफल गरेका थिए । त्यसैगरी महानगर आपत्कालीका कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधी मस्यौदा प्रस्तुती यूएनडिपीका कन्सल्टेन्ट श्री सन्तोष न्यौपानेले गर्नुभएको थियो ।                                                                                                                          सहभागीहरुबाट प्राप्त सुझावका आधारमा महानगर आपत्कालीका पूर्वतयारी तथा प्रतिकार्य योजना तथा आपत्कालीन् कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधीकार्य पूर्ण हुने र सो नीतिगत दस्तावेज नगर कार्यपालिकाको वैठकाबाट कार्यान्वयनमा आउने छ ।

merokhabarsathi

Read Previous

सरकारसँग सर्वोच्चले माग्यो संसद विघटन गर्नुको कारण

Read Next

बैरियामा खुल्ने भयो सुबिधा सम्पन्न पोलिक्लिनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram