Breaking News :

प्रचण्डको गृह जिल्लामा प्रधानमन्त्रीको समर्थनमा दीप प्रज्वलन

प्रचण्डको गृहजिल्ला चितवनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज साँझ दीप प्रज्वलन  गरिएको छ । कार्यक्रममा युवा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् ।
पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको अनेरास्ववियुका नेता हरि आचार्यले बताए । प्रदर्शनमा सहभागि युवा विद्यार्थी नेताहरुले प्रचण्डको जिल्ला चितवनमा “केपी ओली हाई- हाई, प्रचण्डलाई बाई- बाई”, केपी ओली जिन्दावाद, जबज जिन्दावादको नारा लगाएका थिए । कार्यक्रममा युवा नेता कमलराज पाठक, देव पाठक लगायतले मन्तव्य राखेका थिए । सो अबसरमा उनीहरुले दिप प्रज्वलन समेत गरेेेका थिए  ।

merokhabarsathi

Read Previous

चितवनका आठ जना नेता केन्द्रीय सदस्यमा मनोनित

Read Next

सामाजिक अभियान्ता खाँण राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram