भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको गुटको असरले पति–पत्नी नै फरक-फरक खेमामा देखिएका छन् ।
रघुवीर महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन् । महासेठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहमा पुगेका छन् भने महतो ओली समूहका भेलामा सहभागी भएकी छन् ।
महासेठ २०७४ सालको निर्वाचनमा धनुषा–४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन् । स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए । अहिले उनी प्रचण्ड–माधव समूहमा देखिएका छन् ।