Breaking News :

नेपालमा उत्तर–पश्चिमी वायुको प्रभाव, निरन्तर घट्दै तापक्रम

एजेन्सी- नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ ।

केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा रहेको छ । काठमाडौँ उपत्यकामा पनि तापक्रम गिर्दो अवस्थामा रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम अहिलेसम्मै कै कम १.६ डिग्री सेल्सियस पुगेको छ । काठमाडौँको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ ।

नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।

दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ ।

merokhabarsathi

Read Previous

नयाँ वर्षमा भीडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

Read Next

हेल्प फर ह्यापिनेस द्वारा न्यानो कपडा वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram