Breaking News :

पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणको लागि खुला

नौ महिनासम्म बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बुधबारदेखि सर्वसाधारणको लागि खुला भएको छ । मन्दिरलगायतका क्षेत्रहरु क्रमसः खोल्दै लाने सरकारी नीतिअनुसार बुधबारदेखि पशुपति खुला गरिएको हो ।

यसअघि मंगलबार मन्दिरमा क्षामा पूजासमेत सम्पन्न भएको थियो । प्राचीनकालदेखि नित्य पूजा हुँदै आएको मन्दिर लामो समयदेखि बन्द हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको उपस्थितिमा क्षामापूजा भएको हो ।

मन्दिरका दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदन्ड पूरा गरेको हुनुपर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अहिले मन्दिरको पश्चिम ढोकामात्र खोलिएको छ ।

भक्तजनले पश्चिम ढोकाबाट मन्दिर प्रवेश गर्ने र सोही ढोकाबाट बाहिर निस्कनुपर्नेछ । पशुपतिनाथ मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन ।

 

merokhabarsathi

Read Previous

माडीको विकासमा चितवन राष्ट्रिय निकुञ्ज बाधक बन्दैन;प्रमुख बराल

Read Next

सामुदायिक साकोसको साधारण सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram