Breaking News :

गैंडा संरक्षणमा चुनाैति, ५ महिनामा १७ वटाकाे मृत्यु

रविना पाैडेल, चितवन-                                  चितवनमा पछिल्लो समय गैंडा संरक्षणमा चुनाैति बढ्दै गएकाे छ। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा गैंडा मर्नेकाे सख्यां बढेपछि सरंक्षणमा पनि चुनाैति बढेकाे हाे।

साउनयता मात्र चितवनमा १७ वटा गैंडा मृत फेला परेका छन् । यीमध्ये चार गैंडा खाग तस्करीका लागि चोरी सिकारीले मारेका हुन् । भने अन्य प्राकृति विपत्ति तथा अनेक खाले दुर्घटनामा परेर मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

गैडा मर्ने र चोरी तस्करी हुने क्रम बढेपछि निकुञ्ज भित्र सुरक्षा व्यवस्था कडा गरिएको बटुकलाल गढका प्रमुख सेनानी अरुण श्रेष्ठले बताए। गैडा बसोबास गर्ने र चोरी शिखारी हुने क्षेत्र वरपर विशेष अपरेसन गरिएको र मान्छेहरु समात्ने गरिएको उनको भनाइ छ। भने गैंडा मर्न थाले पछि सेनाको फौज पनि बढाइएको उनको भनाइ छ।

गैडाकाे चाेरि सिकारी बढ्न थालेपछि गैडा संरक्षणका लागि बाहिरी र भित्री रणनीति तयार गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। उनले बाहिरी रुपमा जगंल आसपास बस्ने स्थानीय व्यक्ति र सगंठनहरु सगंकाे सहकार्यमा र भित्र विभिन्न प्राविधिक सामान र सेनाको प्रयोग गरेर गैंडा संरक्षण गर्ने रणनीति बनाएको उनको भनाइ छ। जसले चाेरी सिकारी गर्ने व्यक्ति पक्राउ गर्न पनि मद्दत गर्ने उनले बताए।

merokhabarsathi

Read Previous

टाँडीको द नाइन्टिन्स् रेष्टुरेन्टको पहिलो वार्षिकोत्सवको अवसरमा द नोटेसन व्याण्डले लाइभ म्युजिक गर्ने

Read Next

सहकारीलाई स्तरीकरण गर्न, मनिटरिङ तथा अनुगमन गर्नु राज्यको दायित्व हाे;-नेफ्स्कुन उपाध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram