Breaking News :

सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाको साधरणसभा सुरु

सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले अाफ्नाे १३ औं साधारण सभा सुरु गरेकाे छ । सहकारी संस्थाहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्ने गरी साधारण सभा गर्न केन्द्रीय सरकारले नै निर्देशन दिएपछि सोहीअनुसार पाँच दिनसम्म साधारण सभा आयोजना गरेको हाे ।

कार्यक्रममा पहिलो दिन प्रमुख अतिथि भरतपुर महानगरपालिकाका सहकारी प्रवर्द्धन तथा रोजगार शाखाका सहकारी अधिकृत रामबाबु पौडेलले सरकारी निर्देशनको पालना गर्दै सबै सहकारीले संस्थाको वार्षिक साधारण सभा गर्न आग्रह गरे । उनले सहकारी ऐन र नियमावलीको परिधिभित्र रहेर प्रचलित नेपाल सरकारका संघीय कानुनहरुलाई आत्मसाथ गरेर सहकारी संचालन गरेमा सहकारी संस्था सक्षम हुने बताए ।

संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले सदस्यता संख्याको आधारमा संस्थाले तोकेको स्थानमा उपस्थित भई सहभागिता जनाइदिन सम्पूर्ण सेयर सदस्यहरूलाई आग्रह गरे । सभाको अन्तिम दिन मंसिर २४ गते चित्रावती लिजर सेन्टरमा हुने कार्यक्रममा भने संस्थाको मूल्यांकनमा परेका सेयर सदस्यहरूलाई सम्मान गर्ने उनले बताए । उद्घाटन सत्रमा संस्थाका सचिव मुकुन्द्रप्रसाद गौतमले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयराम पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षता रहेकाे कार्यक्रममा सहकारी प्रेमी सेयरसदस्य सस्थाको समिति उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

merokhabarsathi

Read Previous

‘सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण छ’ ः महानगर प्रमुख दाहाल

Read Next

डोटीमा जीप दुर्घटना हुदाँ चार जनाकाे मृत्यु, चार घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram