Breaking News :

भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास, एचडियुकाे सेवा शुभारम्भ

भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास र HDU काे सेवा शुभारम्भ गरिएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भवनको शिलान्यास गरेका हुन् ।  सो अवसरमा मन्त्री ढकालले अब देशका कुनै पनि पालिका अस्पताल बिहीन नहुने बताए । आज एकैसाथ देशभर ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने कुरा सुनिश्चित गर्ने बताए ।
‘हामीले भनेर होइन काम गरेर देखाउँछौं’, मन्त्री ढकालले भने, ‘यस्तो विषम परिस्थितिमा पनि अस्पतालहरु धमाधम शिलान्यास गरेर काम अघि बढाएका छौं ।’ जनताले छर्लङ्ग देख्नेगरी सरकारले काम गरिरहेको उनले बताए । कोरोना विरुद्धको महामारीमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी सहित सरकार निरन्तर लडिरहेको छ । काेराेनाकाे महामारीमा शक्ति सम्पन्न र अार्थिक रुपले सक्षम राष्ट्रहरुले पनि घुडा टेके तर नेपालले बिना पुर्वाग्रह गर्व गर्न लाएक काम गरेको उनले बताए।

 

 

merokhabarsathi

Read Previous

देवघाटमा पर्यटन पुर्वाधार व्यवासयीक भवन र भान्छा घरकाे शिलान्यास

Read Next

शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अघि बढिरहेको छ; मेयर दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram