Breaking News :

चितवनको मुख्य पर्यटकीय स्थल सौराहा सुनसान

रविना पाैडेल-                                                         चितवनको मुख्य पर्यटकीय स्थल सौराहा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर खुलाइएको भएपनी पर्यटकहरु भने पुगेका छैनन् । पर्यटकहरु नगएपछी सौराहा अझै सुनसान देखिन्छ भने होटलहरु पनि खाली रहेको व्यवसायीहरुले बताएका छन्।

दशैतिहार जस्तो मुख्य चाडपर्वमा आन्तरिक पर्यटकको आगमन बढेपनि साेचेअनरुप पर्यटक नअाएकाे क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए। असाेज १ गते देखि अधिकांश हाेटलहरु खाेलेपनि मुख्य चाडपर्वकाे समयमा पनि उल्लेख्य पर्यटकहरु आएनन्। विदेशी पर्यटककाे त कल्पनानै छैन आन्तरिक पर्यटकपनि ६/७ प्रतिशत भन्दा नरहेको उनको भनाइ छ।

होटलहरुमा पर्यटकहरु नभएपनि रेस्टुरेन्टहरुमा दशैतिहारपछि केही मात्रामा पर्यटकहरु बढेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए। दशैतिहारपछि डे भिजिट गरेर बेलुकीमा घर फर्कने नजिकैका पर्यटकहरु रेस्टुरेन्टमा केहिमात्रामा बढेको छ।  तर हाेटलहरुमा भने उल्लेख्य पर्यटक नभएको उनकाे भनाइ छ।

merokhabarsathi

Read Previous

भरतपुर कारागारबाट एक कैदि फरार

Read Next

देवघाटका ७३ वर्षीया वृद्धाले बल्ल पाए नागरिकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram