Breaking News :

भरतपुर कारागारबाट एक कैदि फरार

फाइल तस्बिर

चितवन। भरतपुर कारागारमा कैद भुक्तान गर्दै आइरहेका एक जना कैदी भागेका छन् ।

कालिका नगरपालिका निवासी ४५ वर्षका रेशमलाल श्रेष्ठ कारागारको पर्खाल नाघेर भागेको जिल्ला कारागार भरतपुरका प्रमुख कमल काफ्ले बताए । श्रेष्ठ जबर्जस्ती करणी मुद्धामा २०७७ साउन ४ गते बाट कैद भुक्तान गरिरहेका थिए।

बिहीबार साँझकाे दैनिकी पछि कारागारको चौर बाट भित्र पस्ने क्रममा संख्यामा कमि आएपछि उनी भागेको थाह भएको थियो। भागेका उनको खोजी कार्य भइरहेको छ ।

merokhabarsathi

Read Previous

अव्यवस्थित फोटोकपी पसलेले यातायात कार्यलयमा सेवाग्राहीलाई असहज

Read Next

चितवनको मुख्य पर्यटकीय स्थल सौराहा सुनसान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram