भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
त्रिशुली नदिमा आज बिहान एउटा पिकअप भ्यान खसेको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी नाग्दी खोला भन्ने स्थानबाट पिकअप भ्यान खसेको हो ।
भ्यान खस्दा भ्यानमा सवार २ जनाकाे मृत्युु भएको छ भने १ जना घाइते र १ जना बेपत्ता भएका छन्। प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको हो । भ्यानमा सवार चारजनामध्य एकजना पौडी खेलेर निस्किएका छन् । प्युठान जिल्ला निवासी बर्ष ३८ को मुकुन्द बहादुर रोक्का नदीबाट पौडी खेली बाहिर निस्किएको प्रहरीले जनाएको छ । प्युठान जिल्ला झिम्रुक गाउँपालिका १ बस्ने भ्यान चालक बर्ष २३ को सुर्य के.सी, सोही स्थान निवासी बर्ष ३३ की जमुना रोक्का भने मृत अवस्थामा भेटिएको छ। भने बर्ष १५ की जिनिसा रोक्का बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले बताए । बेपत्ता १ जनाकाे सशस्त्र प्रहरी विपत् व्यवस्थापन शिक्षालय कुरिनटारको गोताखर टोलीले खाेजि गरिरहेकाे छ।