Breaking News :

चितवनकाे अम्ब्रेला स्ट्रीट खुलेसँगै पर्यटकहरुको चहलपहल बढ्याे

कोरोना कहरका कारण बन्द रहेको चितवनको पटिहानीमा रहेको अम्ब्रेला स्ट्रीट खुलेसँगै पर्यटकहरुको चहलपहल पनि बढेको छ । कार्तिक १५ देखि पर्यटकका लागि खुलेको अम्ब्रेला स्ट्रीटमा सुरूवाती दिनभन्दा दसैँतिहारजस्ता प्रमुख पर्वहरुको विदामा थुप्रै मानिसहरुको चहलपहल देखिएको हो ।

सञ्चालनको सुरूवाती दिनमा सुनसान देखिने अम्ब्रेला स्ट्रीटमा अहिले दिनकै तीन हजार पैतिस सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् । सुरूवाती दिनमा संख्यात्मक हिसाबले कम भए पनि लकडाउनपछिको अवस्थामा चाडबाडसँगै आन्तरिक पर्यटकहरुको आगमन सन्तोषजनक देखिएको अम्ब्रेला स्ट्रीटका अध्यक्ष निलकण्ठ तिवारीले बताए।

अम्ब्रेला स्ट्रीट घुमघाम गर्न पुगेका सर्वसाधारणहरु पनि अम्ब्रेला स्ट्रीटमा रहेकाे रङ्गीबिरङ्गी छाताले ढाकेको छाना र राप्तीकिनारमा पुगेपछि साँझपखको सुनौलो सूर्यास्त नियाल्न मन परेकाे बताउछन्। राप्तीकिनारको आडैमा रहेको चितवन राष्ट्रिय निकुञ्जको जंगल र त्यहाँ अाउने जनावर हेर्न अझ भ्यु टावर र इकाे पार्क निर्माण गर्दिए थप मनाेरञ्जन मिल्ने अागन्तुकहरुकाे भनाइ छ।

पटिहानि मा साेचे भन्दा धेरै अान्तरीक पर्यटककाे भिड बढे पनि लामाे समय पर्यटकलाई टिकाउन नसकिएको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलिया बताउँछन् । उनले घुम्ने ठाउँ प्रयाप्त नहुदा पर्यटकलाई लामाे समय टिकाउन सकिएन त्यसैले अब नजिकै रहेको निकुञ्जको वनहरुमा रहेको खाली जमिनमा पार्कहरु निर्माण गरेर थप पर्यटकको बसाइँ लम्बाउने तयारी भइरहेको बताउछन् ।

merokhabarsathi

Read Previous

पुर्वी चितवनमा मोटरसाइकल र ग्यासट्याङ्कर ठोकिदा २ जनाको मृत्यु

Read Next

अनुचित रुपमा प्रअलाई राजिनामा दिन लगाएको भन्दै देवघाटको सिताराम संस्कृत माविमा पूर्व विद्यार्थीले लगाए ताला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram