भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
पुर्वि चितवनकाे निर्माणाधिन अाकाशे पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पाेज गरेको छ। अाकाशे पुलमा भेटिएको हाेक्स वम नेपाली सेनाकाे डिस्पोजल टाेलिले डिस्पाेज गरेकाे हाे।
विहान टांडी बजार स्थित निर्माणाधिन आकाशे पुल तल भागमा २ वटा शंकास्पद वस्तु भेटिएको थियो । ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरिक्षक रविन कार्कीले नेपाली सेनाको वम डिस्पोजल टोलीले वम डिस्पोज गरिसकेको र वम डिस्पाेज गर्दा कुनैपनि क्षति नभएको जानकारी दिएकाछन्।
पुलमा विप्लव समुहको ब्यानरसहित २ वटा शंकास्पद वस्तु भेटिएको हो ।शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएको थियो ।