भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवन, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवनमा लखेटिएoका छन् । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले लखेटेका हुन् ।
विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि भनेको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध अनौतिक शब्दहरु प्रयोग गरेकाे भन्दै कार्यकर्ताले लखेटेका हुन् ।
चितवनमा रहेका पाण्डेले विभिन्न कमिटीलाई कार्यक्रम अायाेजना गर्न भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउदै अाएका छन् । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइज्यतमात्र नगरी जनतालाई भ्रमको खेती गरेको समेत कार्यकर्ताले आरोप छ । आफ्नो क्षेत्रमा विकासको नेतृत्व समेत गर्न नसक्ने पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अस्थामा पुर्याउन पाण्डेको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यकर्ताले लखेटेको एक कार्यकर्ताले बताए ।
कार्यक्रममा नेता पाण्डेले विकास आयोजनाको कुनै प्रशंग नै नचलाइ गुट उपगुटकाे चर्चा सहित प्रधानमन्त्रीलाई गाली वेइजत गरेका कार्यकर्ताकाे अाराेप छ । नेता पाण्डे चितवन विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन अाएकाे समेत एक कार्यकर्ताले बताए ।
पाण्डे पछिल्लो समय पार्टी एकताको पक्षमा नभई विभाजको संघरमा पुर्याउने प्रकारका अभिव्यक्ति दिइरहेका छन् ।