Breaking News :

निकेश श्रेष्ठलाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ

काठमाडौंमा निकेेेश श्रेष्ठ अर्थात् निकिशा माथि दुर्व्यवहार भएको घटनामा संलग्न तीनै जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

जोशीलाई बिहीबार विहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले बताए । उनका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए ।                                                                                                  हाल तीनै जनालाई प्रारम्भिक सोधपुछ गर्ने कार्य भइरहेको गिरीले बताए ।

merokhabarsathi

Read Previous

आशिषकाे घर निर्माण गर्न सिमेन्ट र रड सहयोग

Read Next

आज छठ पर्वको मुख्य दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram